असोज ११ काठमाडौं ।
नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ।
लगातार सुनको मूल्य बृद्धि हालसम्मकै उच्च विन्दुमा सुनको मुल्य पुगेको हो। गत आइतबारदेखि सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखिरहेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला एक लाख ६० हजार सात सय रूपैयाँमा कारोबार भएको सुन आज शुक्रबार प्रतितोला एक लाख ६१ हजार दुई सय रूपैयाँ पुगेको छ।
त्यसैगरी चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
Post Views: 8