असोज ११ काठमाडौं ।
एएफसी यु–२० एसियन कप छनोटमा नेपालले आज बहराइनसँग खेल्ने भएको छ।
एएफसी यु–२० चाइनिज ताइपेइमा भइरहेको एसियन कप छनोटको समूह बी को खेलमा नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दै छ।
नेपाल र बहराइनबीचको खेल नेपाली समय अनुसार दिउँसो पौने १ बजे न्यु ताइपेइ सिटीस्थित फु जेन क्याथोलिक युनिभर्सिटी स्टेडियममा सुरु हुनेछ।
समूह बी मा नेपालले यसअघि तीन खेल खेल्दा १ खेल जितेको थियो भने २ खेलमा पराजित भएको थियो। पाँच टोली सहभागी समूह बी मा नेपाल ३ खेलबाट ३ अंकसहित चौथो स्थानमा छ।
समूहको शीर्ष स्थानमा रहेर अर्को वर्ष चीनमा हुने एएफसी यु–२० एसियन कपमा छनोट हुने नेपालको सम्भावना सकिएको छ।
Post Views: 28