जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध

भदौ ३० काठमाडौं ।
बझाङमा पर्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको छ।

निरन्तर परेको वर्षाले छविसपाथिभेरा गाउँपालिकाको बालुवाटार नजिक पहिरो आउँदा सडक अवरुद्ध भएको हो। पहिरोले कैलाली, कञ्चनपुर जाने र आउने सबै सवारीसाधन रोकिँदा यात्रुहरु अलपत्र परेका छन्।

पहिरो पन्छाएर सडक सञ्चालन गर्न पहिरो निरन्तर आइरहेकाले असम्भव भएको जनाएको छ। जिल्ला प्रशासन कार्यलयको अनुसार केदारस्यूँ गाउँपालिका र जयपृथ्वी नगरपालिकाको जेसीबी पहिरो पन्छ्याउन तयारी अवस्थामा राखे पनि पहिरो नरोकिएकाले सडक सञ्चालन नभएको बताएको छ।

सडक अवरुद्ध हुँदा यात्रुहरु अलपत्र परेका छन्। गत साता पनि छविसपाथिभेरा गाउँपालिकाको तमैल बजार नजिकै पहिरो आएर दुई दिनसम्म सडक अवरुद्ध भएको थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *