थपिए नवलपुरमा दुई सय उद्योग

भदौ, ९ काठमाडौं ।
नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा आर्थिक वर्ष २०८०, ८१ मा दुई सय ६ उद्योग थपिएका छन् । जिल्लामा पाँच सय ६८ उद्योगको नवीकरण गरिएको छ।

पर्यटन तथा उद्योग कार्यालय नवलपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का कार्यालय प्रमुख प्रभाकर घिमिरेले नवलपुरमा वन तथा पर्यटन उद्योगसँग सम्बन्धित उद्योग थपिने क्रम बढ्दो रहेको बताए।

सोही आवमा जिल्लामा एक सय ४८ उद्योगले लगत कट्टा गरेका थिए। हाल जिल्लामा ६ हजार ६ सय ९१ उद्योग कायम रहेका उनले जानकारी दिए।

आव २०८०,८१ मा जिल्लामा वाणिज्यतर्फ दुई सय ९८ व्यवसाय दर्ता भएका छन्। सो अवधिमा आठ सय ९९ व्यवसायीले व्यवसाय नवीकरण गर्दा दुई सय ६ व्यवसायको लगत कट्टा गरिएको छ।

जिल्लामा वाणिज्यसम्बन्धी दर्ता र नवीकरणबाट रु २४ लाख ३२ हजार राजस्व सङ्कलन गरिएको हाल १५ हजार एक सय ९८ उद्योग तथा वाणिज्य व्यवसाय सञ्चालन छन्। गत आवमा उद्योग तथा वाणिज्य व्यवसायसम्बन्धी दर्ता तथा नवीकरणको कामबाट रु ४४ लाख १६ हजार राजस्व सङ्कलन गरेको कार्यालयले जनाएको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *