भदौ ६ काठमाडौं ।
उपप्रधानमन्त्री रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले आमनागरिकका लागि छिट्टै धरहरा खुला गर्ने गरी सरकारले तयारी गरिररहेको बताएका छन्।
पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री सिंहले सरकारको सय दिनभित्रै धरहरा चढ्न मिल्ने गरी व्यवस्था मिलाउन लागिएको जानकारी दिए।
धरहराको सबै काम नसकिए पनि धरहरा चढ्न चाहनेका लागि आवश्यक बन्दोबस्ता छिट्टै हुने उपप्रधानमन्त्री सिंहले बताए।