नेपाल आइडल सिजन ५ को उपाधि करण परियारलाई

असार ९ काठमाडौं ।
नेपाल आइडल सिजन ५ को उपाधि बर्दियाका करण परियारले जितेका छन्। शनिबार राति नेपाल आइडलको स्टुडियोमा भएको ग्रान्ड फिनालेमा अन्य फाइनलिस्टहरु मोहित भुजेल, सलोमी गुरुङ र सचिन विश्वकर्मालाई पछि पार्दै गायन रियालिटी शो नेपाल आइडल सिजन ५ को विजेता करण परियार बनेका हुन्। दर्शकको भोटको आधारमा उनी विजेता चुनिएका हुन्।

प्रतियोगितामा पोखराकी सलोमी गुरुङ फस्ट रनरअप बनिन् । उनले ट्रफीसहित नगद १० लाख पुरस्कार प्राप्त गरिन्। यस्तै दार्जिलिङका सचिन विश्वकर्मा सेकेन्ड रनरअप बने। उनले नगद ५ लाख रुपैयाँ प्राप्त गरे । भने करण परियारले उपाधि जितेसँगै उनले ट्रफीसहित २५ लाख रुपैयाँ नगद र अन्य पुरस्कार प्राप्त गरेका छन्।

चार महिनाअघि गायन रियालिटी शो नेपाल आइडल सिजन ५ का लागि देशव्यापी अडिसन भइरहेको थियो। सातै प्रदेशका प्रमुख सहरमा अडिसन सकिएर संघीय राजधानीमा अडिसन हुँदैथ्यो। यस्तोमा एक २०–२२ वर्षीय युवक जजहरु न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बाँस्कोटा सामुन्ने अडिसन दिन उपस्थित भएका करणले बिजेता प्रप्ता गरेका हुन् ।

 

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *