असार २ काठमाडौं ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नक्कली लाइसेन्स विवरणबारे उपसचिवसहित ५ जनालाई पक्राउ परेको छ।
वन मन्त्रालयका उपसचिव केशव अर्याल, स्याङ्जाका ४५ वर्षीय अर्याल यातायात व्यवस्था कार्यालय तत्कालीन कार्यालय प्रमुख, यातायात व्यवस्था कार्यालय नवलपरासीमा कार्यरत कम्यूटर अधिकृत ३७ वर्षीय पदम राज आचार्य, बुटवलका ३३ वर्षीय शाखा अधिकृत सुवास पौडेल र चितवनमा ३० वर्षीय सहायक कम्युटर अपरेटर राजेश लम्साल पनि पक्राउ परेका छन्। यस्तै यातायात व्यवस्था कार्यालय, जनकपुरमा कार्यरत सहायक कम्प्युटर अपरेटर ४७ वर्षका दिलिपकुमार साह पनि पक्राउ परेका छन्।
कागजी लाइसेन्सको विवरणलाई स्मार्ट लाइसेन्स दर्ता प्रणालीमा इन्ट्री गर्दा फर्जी विवरण राखेर गैरकानुनी रुपमा लाइसेन्स जारी गर्न संलग्न भएको पाइएकाले उपसचिव अर्यालसहित ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। करिव १ लाख नक्कली लाइन्सेस विवरण भएको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ।