रेसुङ्गा र मदाने बन्यो दुर्लभ चराको वासस्थान

जेठ ३१ काठमाडौं ।
गुल्मीको रेसुङ्गा र मदानेमा नेपालमा पाइने ८ सय ९२ प्रजातिका चरामध्ये विभिन्न प्रजातिका ३५ प्रतिशत चरा फेला परेका छन्। पक्षी संरक्षण सङ्घ गुल्मीका अनुसार संरक्षित वन क्षेत्रमा ३५ प्रतिशत चरा रहेका जानकारी दिए।

वनक्षेत्रमा विश्वमा दुर्लभ मानिनेमध्ये ६ प्रजातिका चरा पाइन्छ। नेपालमा पाइने दुर्लभ प्रजातिमध्ये चिरकालिज, रणमच्च महाचिल, डङ्गर गिद्द, सोतो गिद्द, सुन गिद्द र गोमायो महाचिल सहित यो क्षेत्र दुर्लभ चराहरुको वासस्थान बनेको बताए।

पक्षी संरक्षण सङ्घले पछिल्लो पटक गरेको चरा गणनाअनुसार रेसुङ्गा वन क्षेत्रमा दुई सय ५९ प्रजाति र मदाने वन संरक्षण क्षेत्रमा दुई सय ७२ प्रजातिका चरा फेला परेका तथ्याङ्क छ। नेपालमा मात्र पाइने काँडेभ्याकु पनि फेला परेको पाईएको छ।

समग्र यहाँको वनमा तीन सय पाँच प्रजातिका चरा भेटिएका र यो सङ्ख्या नेपालमा पाइने चरा प्रजातिको सङ्ख्याअनुसार ३५ प्रतिशत रहेको जनाइएको छ। यहाँ दुर्लभ प्रजातिका चरा भए पनि तिनको संरक्षणका लागि उपयुक्त वासस्थान र खानेपानी अभाव मुख्य चुनौतीका रूपमा रहेको जानकारहरू बताउँछन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *