जेठ ३१ काठमाडौँ ।
काठमाडौँ उपत्यकाकोे अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बिच रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागको अनुसार काठमाडौँ उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ। मनसुन भित्रन अझै केही दिन लाग्नेछ भए पनि शनिबारदेखि आंशिक बदली हुनेछ।
कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। दिउँसो कोशी प्रदेश लगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसमसफा रहने छ । मौसम विज्ञान विभागको भनाई छ।
Post Views: 35