जेठ २८ काठमाडौं ।
भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा आज राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन्।
राष्ट्रपति मुर्मु र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ताको क्रममा नेपाल–भारतबीच सदियौंदेखि रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हित दुई देशबीचका जनतामाझको परम्परागत सम्बन्धलाई थप प्रगाढ तुल्याउने विविध विषयमा छलफल भएको थियो।
प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड आइतबार साँझस हभागी भएका थिए। सपथ ग्रहणपछि प्रधानमन्त्री प्रचण्ड र मोदीबीच समकक्षी भेटवार्ता भएको थियो।
Post Views: 24