नेप्से परिसूचक आज पनि घट्यो

जेठ २४ काठमाडौँ ।
बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) १.९३ अङ्कले घटेर साताको कारोबारको ५ दिनमध्ये ३ दिन घटेर तथा २ दिन बढेर बजार बन्द भएको छ। यससँगै नेप्से परिसूचक २०७७.७८ बिन्दुमा आइपुगेको छ।

आज बिहीबार ०.०९ प्रतिशतले सूचक घट्दा १०१ कम्पनीको मूल्य बढेको छ। यस्तै १३५ वटा कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको सेयर मूल्य भने घटबढ भएको छैन। यो साताको आइतबार र मंगलबार नेप्से परिसूचक बढेको थियो। यसबाहेक सोमबार, बुधबार र बिहीबार परिसूचक घट्यो हो।

इमर्जिङ नेपाल र मध्य सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशत बढेको हो। यस क्रममा २ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। भने बुद्ध भूमि नेपाल हाइड्रोपावरको सेयर मूल्य ९.९८ प्रतिशतले बढेको छ।

परिसूचकमा सामान्य गिरावट आउँदा ४ अर्ब ३८ करोड ८२ लाख रुपैयाँ बराबरको ८८ लाख १३ हजार कित्ता सेयर किनबेच भएको छ। सबै समूहको सूचक घटे पनि होटल, पर्यटन, जलविद्युत, हाइड्रोपावर, लगानी, लघुवित्त र व्यापार समूहको सूचक बढेको हो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *