जेठ १ काठमाण्डौ ।
चीनले मे १ देखि नेपाली नागरिकलाई नियमित भिसा निःशुल्क भएको छ । चिनियाँ दूतावासले सूचना जारि गरेर नियमितर्फको भिसा शुल्क तिर्न नपर्ने जनाएको हो ।
दूतावासका अनुसार नियमित भिसा शुल्क नलागे पनि एक्सप्रेस शुल्क र सेवा शुल्क भने लिइने नाएको छ । एक्सप्रेस २ भिसाका लागि दुई हजार ७ सय र एक्सप्रेस १ भिसाका लागि ४ हजार रुपैयाँ तिर्नुपर्ने छ । त्यस्तै समूहतर्फ एक्सप्रेस २ का लागि १ हजार ३ सय ५० र एक्प्रेस १ का लागि २ हजार रुपैयाँ तिर्नुपर्नेछ ।
नेपाल–चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन र नेपाल चीनबीचको मैत्री सम्बन्धलाई प्रवर्द्धन गर्नका लागि नेपालका लागि चिनियाँ राजदूत छन सङले ट्वीट गर्दै नियमित भिसाको शुल्क नलिने निर्णय गरेको बताउनु भएको छ ।