वैशाख १३ काठमाडौं।
आगामी आर्थिक वर्ष (आव) २०८१,८२ को लागि अर्थमन्त्री वर्षमान पुनले बजेटमा समेट्नु पर्ने विषयबारे अर्थविद्हरूसँग सुझाव लिएका छन्।
बिहीबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा अर्थमन्त्री पुनले निजी क्षेत्रलाई उत्साहित बनाउन केही ‘बोल्ड’ निर्णय गर्नुपर्ने अवस्था आएको बताए।
निरुत्साहित अवस्थामा रहेको निजी क्षेत्रको मनोबल उठाउने गरी निर्णय र सरकारी स्रोतमा भएको सीमितताका कारण सरकारले कडाइ गर्नुपर्ने र निजी क्षेत्रले खुकुलो वातावरण चाहेका कारण सन्तुलन मिलाउनुपर्ने चुनौती रहेको बताए।
मन्त्री पुनले बजेट बनाउनु अघि आफूले सम्बद्ध सबै क्षेत्रको सुझाव लिने उल्लेख गरे।
Post Views: 36