वैशाख ११ काठमाडौं ।
मलेसियन नौसेनाका हेलिकप्टरहरू रोयल मलेशियन नौसेना उत्सवको लागि प्रशिक्षण गरिरहेका बेला दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका छन्।
दुवै हेलिकप्टरमा चालक दलका कम्तीमा १० जना सवार रहेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन्। दुर्घटनामा हेलिकप्टरमा सवार सबै १० जनाको मृत्यु भएको बीबीसीले जानकारी दिएको छ।
स्थानीय मिडियामा देखिएका फुटेजका अनुसार दुई हेलिकप्टर ठोक्किएर एक स्टेडियममा खसेका थिए। यस दुर्घटनाको बारेमा थप जानकारीको लागि मलेसियाली अधिकारीहरूसँग सम्पर्क गरिरहेको बीबीसीले जनाएको छ।
Post Views: 8