वैशाख ८ काठमाडौं ।
नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानको प्रतिस्पर्धामा हङकङलाई १४० रनको लक्ष्य दिएको छ।
अल अमरेत क्रिकेट मैदान १ मा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनायो।
नेपालका दीपेन्द्रले २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४४ रन बनाए। अन्तिम ओभरमा दीपेन्द्रले अजिज खानलाई दुई चौका र दुई छक्कासहित कुल २० रन प्रहार गर्दै जितको आशा बचाएका थिए । सन्दीप जोराले २३ बलमा १ चौकासहित सर्वाधिक २२ रन बनाए।
शुक्रबार सेमिफाइनल खेलमा युएईसँग ११९ रन बनाउँदै एसिया कप खेल्ने अवसर गुमाएको नेपालले हङकङविरुद्ध पनि राम्रो प्रदर्शन गर्न सकेन।