शीर्ष नेतृत्वाहरुसँग छलफल गर्दै सभामुख घिमिरे

चैत २५ काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधि सभामा निरन्तर उठाइरहेको प्रश्नका सम्बन्धमा छलफल गर्न सभामुख देवराज घिमिरेले शीर्ष नेताहरुलाई छलफलमा बोलाएका छन् ।

 

छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, विपक्षी दलको नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोलाइएको छ । सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सोमबार बिहान १० बजे सभामुखसहित शीर्ष नेताहरुको छलफल हुनेछ ।

 

यस अघि चैत २१ गते बसेको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद विश्व प्रकाश शर्माले अर्को बैठकमा संसदीय छानबिन समिति लिएर आउन सरकारलाई आग्रह गरेका थिए ।

प्रतिनधि सभाको बैठक यही चैत २७ गते बस्दैछ । त्यस अगाडि सभामुखले शीर्ष नेताहरुसँग छलफल गर्न लागेका हुन् ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *