काठमाडौं २५ फागुन ।
महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्र परिसरमा रातिदेखि नै दर्शनार्थीको घुइँचो लागेको छ भने त्यो रौनक शनिबार बिहान् सम्म रहेको छ।
दर्शन गर्ने दर्शनार्थीको पालो छिटो बनाउनको लागि दर्शनार्थीहरुलाई रातिदेखि नै लाइनमा बसेलेका थिए। दर्शनार्थीहरु लामबद्ध भएर पूजा गर्दै पालै पालो फर्कौने क्रम चलिरहेको छ।
मन्दिरमा पूजा गर्ने दर्शनार्थीहरुका लागि बिहान २ बजेदेखि ढोका खुल्ला गरिएको थियो। यस वर्षको महाशिरात्रिमा कम्तीमा २० लाख जना भक्तजनले पशुपतिको दर्शन गरेको अनुमान पशुपति क्षेत्र विकास कोषले गरेको छ।
शिवभक्तहरु व्रत बस्ने र भगवान् शिवको लागि दूध, धतुरो र बेलपत्र आदि पूजा सामग्री चढाएर पूजा गरेका छन्।