सहकारी पीडितहरुको फेरि सडकमा आउने तयारी

काठमाडौं १८ फागुन ।
सरकारले आफूहरुसँग गरेको सहमतिबमोजिम काम नगरेको भन्दै देशभरका सहकारी पीडित फेरि सडकमा आउने भएका छन् ।

सहकारी बचतकर्ता संरक्षण अभियान (महासंघ)का एक प्रतिनिधिले चैत १ गतेदेखि सडक आन्दोलन गर्ने तयारी भइरहेको बताए । त्यसका लागि महासंघले काठमाडौं, ललितपुर, भक्तपुरलगायत जिल्लामा घरदैलो कार्यक्रम पनि गरिरहेको छ ।

चैत मसान्तसम्म सरकारले सबै पीडितको पैसा फिर्ता हुने वातावरण मिलाइदिने बाच गरेको भए पनि पुरा नगरेको र आश्वासन मात्रै पाएको भन्दै सडकमा आउन बाध्य भएको सहकारी पिडितको गुनासो छ। अबको आन्दोलन ‘निर्णायक’ हुने भएकाले माग पूरा नभएसम्म घर नफर्किने जानकारी सहकारी पिडितले दिए। ५ वटा प्वाइन्ट तोकेर शान्तिपूर्ण पैदलयात्रा गर्दैछौं। सुन्धारा हुँदै भृकुटीमण्डपमा पुगेर हाम्रो कोण सभा हुने र त्याह प्रधानमन्त्री नै आएर हाम्रो माग सम्बोन गर्नपर्छ, नत्र घर फर्किँदैनौं ।

देशभरका सहकारी पीडितका प्रतिनिधि १३ दिनदेखि सहकारी विभागमा आफ्नो धर्ना पनि जारी राखेका छन्। सहकारीहरुले आफूहरुको बचत फिर्ता गर्न सक्ने अवस्था नरहेको सरकारलाई दबाब दिन धर्ना बस्नुपरेको गुनासो सुनाए। यसअघि देशभरका सहकारी पीडितहरु हजारौंको संख्यामा उपस्थित भएर काठमाडौंमा २ महिना लामो आन्दोलन गरेका थिए। आन्दोलनको ६३औं दिनमा साउन १८ गते भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठलगायत सरकारका प्रतिनिधिसँग ७ बुँदे सहमति गर्दै सहकारी पीडितले आन्दोलन स्थगन गरेका थिए।

सहमतिपत्रमा चैत मसान्तभित्र सहकारीका बचतकर्ताहरुको बचत फिर्तालाई सुधार गर्न तत्काल बचत तथा कर्जा सुरक्षण कोष स्थापनाका लागि मन्त्रालयले तत्काल कार्य प्रक्रिया अगाडि बढाउने, बचतकर्तालाई रकम फिर्ता गर्दा स्पष्ट कार्ययोजना बनाएर कार्यान्वयन गर्ने उल्लेख थियो। तर कार्यन्वयन नहुुँदा फेरि आन्दोलित हुनुपरेको पिडितहरु भनाई छ।

 

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *