पेट्रोलियम पदार्थको मूल्य निगमद्वारा यथावत् राख्ने निर्णय

काठमाडौं १७ फागुन ।

नेपाल आयल निगमले भारतबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएको जनाएको छ। निगमका अनुसार इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मूल्यसूची अनुसार पेट्रोल र डिजेलको मूल्य प्रति लिटर क्रमशः रु. ०.२१ र रु ०.८५ ले बढेर आएको छ।

यद्यपि मूल्य बढ्दा ग्यासको भाउ प्रति सिलिण्डर ३२५.०९ रुपैयाँ घाटा रहेको निगमको भनाइ छ । ‘उपभोक्ताको हितलाई ध्यानमा राखी हाललाई पेट्रोल, डिजेल,मट्टितेल, हवाई इन्धन तथा एलपि ग्यासको साबिकको खुद्रा बिक्री मूल्य यथावत् राखिएको छ’, निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

साथै, एसपीग्यासको मूल्य पनि प्रति सिलिण्डर रु २१.६६ ले बढेर आएको छ । तर, निगमले हाललाई खुद्रा मूल्य नबढाई यथावत् राख्ने निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *