साउन १४ काठमाडौं
डेङ्गु प्रकोपको रुपमा फैलिएका कारण धरानमा ८ जनाको मृत्यु भएको छ भने २२ सय बढिमा डेङ्गु पोजेटिभ देखिएको छ ।
धरान उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमेश मेहताले ३ हजार ९८१ जनाको परीक्षण गर्दा २ हजार ३५३ जना डेङ्गु सङ्क्रमित देखिएको जानकारी दिए । परीक्षण गरिएका मध्ये ५९ प्रतिशतमा डेंगु देखिएको छ । यस्तै धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित भयको छ ।
डेङ्गु नियन्त्रणका लागि धरानमा ‘सर्च एण्ड डिस्ट्रोय’ अभियान सञ्चालन भइरहेको उनले बताए । धरानमा २४० वटै टोल विकास संस्थालाई डेङ्गु नियन्त्रण अभियान गरेको छ ।