मोरङ, ५ चैत
प्रदेशको नाम कोशि राखीएको भन्दै प्रदर्शन भएको छ । नामकरण पहिचानका आधारमा गर्नु पर्ने माग गर्दै विराटनगरमा आन्दोलन भएको हो । संयुक्त संघर्ष समितिले निषेधित क्षेत्र तोडेर प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरेको हो ।
मुख्यमन्त्री कार्यालय नजिकै प्रदर्शन गर्ने चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । आन्दोलनको क्रममा भिड नियन्त्रण गर्न प्रहरीले एक दर्जन अश्रुग्यास र तीन राउन्ड हवाई फायरसमेत गरेको छ ।
प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नामा कोशी राखेको छ । त्यसलाई पुन ः पहिचानको आधारमा नामकरण हुनुपर्ने भन्दै विभिन्न समूहले निरन्तर प्रदर्शन गरिरहेका छन् ।