काठमाडौं,८ पुस
बागमती प्रदेशमा ज्येष्ठ सांसदको शपथ पुस १३ गते हुने भएको छ । बागमती प्रदेशका नवनिर्वाचित सांसदहरुको शपथ ग्रहणको विषयमा बसेको सर्वदलीय बैठकले पुस १३ गते प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाको शपत हुने भएको छ । नुवाकोट निर्वाचन क्षेत्र २ (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका ढुंगाना नेकपा माओवादी केन्द्रका हुन् । उनलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश प्रमुखको कार्यालयमा शपथ गराउने कार्यक्रम छ ।
प्रदेश सभामा निर्वाचित बाँकि प्रदेश सभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रम भने पुस १४ गते दिउँसो प्रदेश सभा सचिवालय हेटौंडामा राखिएको छ । बाँकि सांसदहरुलाई ज्येष्ठ सदस्य ढुंगानाले शपथ गराउनेछन् ।
संविधानको धारा १८३ अनुसार प्रदेश सभाको सभामुख र उपसभामुखको निर्वाचन नभएको अवस्था सम्म निर्वाचन आयोगले निर्वाचनको अन्तिम नतिजा सार्वजनिक गरेको २० दिनभित्र बैठक आह्वान गरिसक्नुपर्ने र सो बैठकको अध्यक्षता ज्येष्ठ सदस्यले गर्ने व्यवस्था रहको छ ।