रवि लामिछानेको नागरिकता र पासपोर्ट अनुसन्धान गर्न अख्तियारले गृह र परराष्ट्रलाई पठायो पत्र

 

काठमाडौं, मंसिर १९
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्यमा रवि लामिछानेको नागरिकता र पासपोर्ट विवादबारे अनुसन्धान गर्न अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

 

रविको पासपोर्ट र नागरिकताको विषयलाई विवाद भन्दै आयोगमा उजुरी परेपछि सम्बन्धित मन्त्रालयहरूलाई अनुसन्धान गर्न पत्र पठाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । छुट्टै उजुरी आएको र त्यस विषयमा के भएको अनुसन्धान गर्न भनेर गृह र परराष्ट्र मन्त्रालयलाई लेखिपठाएका छौं,’ भण्डारीले भने ।

 

रविको नागरिकता र पासपोर्ट विवादबारे गृह मन्त्रालयमा पनि उजुरी परेको छ । उजुरीपछि अहिले जिल्ला प्रहरी परिसर काठमाडौंले छानबिन प्रक्रिया थालेको हो । रविले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनः पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ । अमेरिकी पासपोर्ट हुँदाहुँदै नेपाली पासपोर्ट पनि लिएको तथ्य केही दिनअघि उकेरा डटकमले प्रकाशित गरेको थियो।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *