प्रधानमन्त्री देउवा र दाहालबीच भेटवार्ता

१० मङसिर, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल बीच भेटवार्ता भएको छ ।

उनीहरूबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज शनिबार भेट भएको हो । भेटमा निर्वाचनको हालसम्मको परिणाम र विकसित राजनीतिक घटनाक्रममा केन्द्रित रही छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ ।

सत्ता साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रसहित प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा गठबन्धन गरेको अवस्थामा निर्वाचनको परिणाम आउँदै गर्दा भएको यस भेटघाटलाई आगामी सहकार्य के होला भन्ने कोणबाट हेरिएको छ ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *