कविता : चोट र मुस्कान

साहिल कायस्थ

केही कुराहरु शब्दले बयान हुन्न

केही चोटहरु बोलीले मात्र बल्झिदैन

खाली पानामा कोर्दैमा राम्रो शब्द नै लेखिएको भन्ने हुदैन

एक दुई चोटी मुस्कान दिदैमा खुसी छ भन्न पनि मिल्दैन ।

 

होलान् केही कुराहरु लुकेका

होलान् मनको घाउ छोपिएका

होलान्  भित्र भित्रै धेरै रोएका

तर पनि बाहिरी हाँसोमा किन रमाउँछौ

 

भन्छन शब्द नै त हो

जे लेखे नि पाइन्छ

बोली न हो

कहिले काहीँ जे भने नि पाइन्छ

आखिर सानो मनै न त हो

कहिले काँही रुदैमा के फरक पर्छ र ।।।।

आखिर बेपर्वाह मनै न त हो

कहिले काँही दुख्दैमा के नै जान्छ र।।।।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *