साना चोटहरुले भरिएको मन
अनि तेहि चोटहरु मिलेर बनेको त्यो ठूलो चोट
कहिले कुन कुनामा बल्झिन्छ, कहिले कुन कुनामा
आइया ! भन्दै कराउछ, रुन्छ यो मन
आँखा रसाउछ पनि, आशुका धारा पनि बग्न खोज्छ
अनि तेहि पल कराउन थाल्छ, टाउकोको मस्तिष्क
केही भएको छैन तलाई, किन रुन खोज्छस ?
कतै दुखेको छैन तलाई, किन आशु झार्न खोज्छस ?
बस के चाहियो र अब,
दबाउन बाध्य छु
लुकाउन विवस छु,
चोटले बग्न खोजेका ती धाराहरु
दुखाइले भक्कानिन लागेका ती आवाजहरु
शून्य लाग्छ यो जीवन , अनि यो सन्सार पनि
एल्को छु जस्तो लाग्छ यी भिडहरुमा पनि
टोलाउन खोज्छु एकान्तमा, हराउन खोज्छु अन्धकारमा
फेरि कराउन थाल्छ यो मस्तिष्क
किन निराश छस ?
किन अन्धकारमा बाँच्छस ?
केही भएको छैन तलाई…
केहि भएको छैन तलाई…