३१ असार,काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल आज ३ दिने भ्रमणका लागि भारत जाँदै छन् । भारतीय सत्तारुढ दल भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा उनी नयाँदिल्ली जान लागेका हुन् । अध्यक्ष दाहाल दिउँसो १ बजे नयाँदिल्लीतर्फ उड्ने बताइएको छ ।
तीन दिनसम्म भारतमा रहँदा दाहालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, भारतका विदेशमन्त्री एस जयशंकर र विदेश सचिव विनय मोहन क्वात्रासँग पनि भेटवार्ता हुने तालिका रहेको छ ।