एम अधिकारी विवाद :एमालेको स्पष्टोक्ति एम. अधिकारी गभर्नर होइनन्

३० असार, काठमाडौं। काठमाडौं । नेकपा एमाले पार्टीको अर्थ तथा योजना विभागमा एम अधिकारी, खोटाङ भनी उल्लेखित व्यक्ति राष्ट्र वैंकका गभर्नर महाप्रसाद अधिकारी भएको भन्दै चौतर्फी विरोध भएपछि एमालेले उक्त एम अधिकारी  गभर्नर नभएको स्पष्ट पारेको छ ।

राष्ट्र बैंकका गभर्नर अधिकारीले एमालेलाई लेखेको पत्रको जवाफ दिँदै एमाले पार्टीका केन्द्रीय कार्यालय सचिव डा. भिष्म अधिकारीले एमालेको कमिटी र विभागहरूमा सार्वजनिक पद धारण गरेका व्यक्तिहरू रहने वैधानिक व्यवस्था नरहेको भन्दै एम अधिकारी गभर्नर महाप्रसाद अधिकारी नभएको प्रष्ट पारेका छन् ।

एम अधिकारी नै गभर्नर महाप्रसाद भनी भ्रम सिर्जना भएकोमा ध्यानाकर्षण भएको कार्यालय सचिव डा. अधिकारीले जनाएका छन् ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *