उपसभामुखमा प्रमुख प्रतिपक्षी दल एमालेको तर्फबाट विद्या भट्टराई र सत्ता गठबन्धनका तर्फबाट पुष्पा भुसालको उम्मेदवारी

३० असार, काठमाडौं। लामो समयदेखि रिक्त प्रतिनिधिसभाको उपसभामुख पदका लागि असार ३१ गते निर्वाचन हुने भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभाको उपसभामुखमा विद्या भट्टराईले उम्मेदवारी दर्ता गराएकी छन् ।

एमालेकी सचेतक शान्ता चौधरीको प्रस्ताव र सांसद कृष्ण भक्तपोखरेल को समर्थनमा भट्टराईले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

सत्ता गठबन्धनका तर्फबाट पुष्पा भुसालले उपसभामुखमा उम्मेदवारी दर्ता गराएकी छन्। भुसालले नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देब गुरुङको प्रस्ताव र नेकपा एकीकृत समाजवादीकी सांसद लक्ष्मीकुमारी चौधरीको समर्थनमा उपसभामुख पदमा उम्मेदवारी दर्ता गराएकी हुन् ।

Interview with Nepali Congress’ whip in the House of Representatives Pushpa Bhusal, in Singha Durbar, Kathmandu on Friday, September 28, 2018. Photo: Balkrishna Thapa Chhetri/THT

मनोनयनपश्चात आजै दिउँसो साढे १ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने कार्यसूची रहेको छ ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *