१८ काठमाडौ । शनिबार माततिर्थ औशी अर्थात् आमाको मुख हेर्ने दिनको अबसर पारेर सक्षम नागरिक समुह द्वारा चितवन मानव सेवा आश्रममा पुगि खाना सेवा लत्ताकपडा जुस एबम फलफूल सहयोग गरेको छ।
पाण्डुबजार-६ सुर्यविनायक, भक्तपुरमा अवस्थित सक्षम नागरिक समुहका अध्यक्ष शाेभा कार्की , उपाध्यक्ष विकास
प्रजा ,सचिव काैशिला बस्नेत लगायत अन्य सदस्यहरुले विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन वेतित गरिहेका,अनाथ,अशक्त,मानसिक सन्तुलन गुमाएका व्यक्तिहरुको सेवा गर्दै आईरहेको मानव सेवा आश्रम चितवनमा पुगि खाना , पछ्यौरा ३४ थान, मफलर-९ थान, पानी बाेतल-४८ थान, स्याउ-१ काटुन, केरा-१ घरी, रियल फुर्टी-६० पिस सहयाेग प्रदान गरेको हो ।
दुख कष्ट गरि स्थापना गरिएको यस संस्थाले विभिन्न कारणबाट सडक पेटीमा कष्टकर जीवन यापन गरिरहेका,अनाथ,अशक्त व्यक्तिहरुको यसरी सहयोग गर्न पाउँदा अझ धेरै हौसला खुशी बढेको सक्षम नागरिक समुहका अध्यक्ष शोभा कार्कीले बताउनु भयो।
त्यस्तै सहयोग गर्ने वातावरण मिलाइदिनु हुने चितवन मानव सेवा आश्रम, उक्त आश्रम सम्म जोडाइदिनु हुने तुलसि प्रसाद भट्ट र सस्थालाई विभिन्न माध्यमबाट सहयोग गर्नु हुने सम्पुर्ण सहयोगी हातहरुमा धन्यवाद व्यक्त गर्नु भएको छ।
सक्षम नागरिक समुहले यस कार्यक्रम सहित अन्य १२ स्थानमा विभिन्न सहयोगका कार्यक्रम गरि सकेको छ भने आगमी दिनमा पनि यस्दै कार्यक्रमहरुलाई निरन्तरता दिदै जाने बताएको छ ।