एजेन्सी । पाकिस्तानमा नयाँ प्रधानमन्त्री चुनिएका छन । पाकिस्तान मुस्लिम लिग नवाज (पीएलएम–एन) पार्टीका अध्यक्ष शहबाज शरिफ नयाँ प्रधानमन्त्री चुनिएका हुन ।
पाकिस्तानी संसद्मा भएको मतदानमा सामान्य बहुमत पु¥याएर शहबाज पाकिस्तानका २३ औँ प्रधानमन्त्री चुनिएको हुन् । प्रधानमन्त्री बन्न पाकिस्तानी संसद्मा कायम ३ सय ४२ मध्ये १ सय ७२ सिट आवश्यक पर्छ ।
संसद्मा भएको मतदानमा शहबाजको पक्षमा १ सय ७४ मत खसेको थियो । प्रधानमन्त्री बन्न शरिफका साथै इमरान खानको पाकिस्तान तहरिक ए इन्साफ पीटीआईका उपाध्यक्ष शाह महमुद कुरैशीले मनोनयन दर्ता गराएका थिए ।
यद्यपि प्रधानमन्त्री चयन प्रक्रियाअघि पीटीआईका सांसदहरुले सामूहिक राजीनामा दिँदै संसद् बैठक बहिष्कार गरेका थिए ।
Post Views: 21