नुवाकोट जिल्ला शिवपुरी गाउँपालीका वडा न. ५ मा माओवादी केन्द्रको वडा अध्यक्ष उम्मेदवारीको निम्ति ४ जनाले दाबी पेस गरेका छन ।
२४ गते बसेको माओवादी केन्द्रको वडा स्तरिय बैठकमा मुकुन्द थापा, बिनोद तामाङ , पिपल बहादुर तामाङ र कुमार तामाङको रस्साकस्सी चलेको थियो ।
बैठकमा चारै जनाले पार्टीमा आफुले गरेको योगदानको कदर गर्दिनुहुन नेताहरुलाइ अनुरोध गरेको थिए
। बिनोद तामाङले आफू पार्टीको वडा अध्यक्ष रहेकोले आफ्नो बलियो दाबी भएको बताउदै गठबन्धनको कुरा चलिरहेको हुदा आफुले टिकट पाए गठबन्धन बिना पनि जित्ने आधार बनाइसकेकोले आफुले टिकट पाउनु पर्ने बताए ।