ट्रकले ठक्कर दिदा एकजनाको मृत्यु

झापा । बिर्तामोड नगरपालिका–२ स्थित रामचोकमा ट्रकले ठक्कर दिदा एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बिर्तामोड–२ का २९ वर्षीय सम्यम बजगाईं रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ६ ख ६४५५ न. को ट्रकले विपरीत दिशाबाट जाँदै गरेको बा १५ प ८२०२ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिएको थियो ।

दुर्घटनामा मोटरसाइकल गम्भीर घाइते भएका बजगाइ बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारको क्रममा निधन भएको हो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *