काठमाडौं । फिलिपिन्समा भारी वर्षासँगै आएको मेघी नामको समुद्री आँधी पछिको बाढी पहिरोमा परेर २५ जनाको मृत्यु भएको छ ।
फिलिपिन्सको पुर्वी र दक्षिणी क्षेत्रमा रहेको लेते राज्यमा मात्रै २२ जनाको मृत्यु भएको जनाइएको छ । अन्य ३ जनाको भने दाभोव क्षेत्रमा मृत्यु भएको हो । आँधीका कारण १३ हजार मानिस विस्थापित भएका छन् ।
आँधी प्रभावित क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानतर्फ सारिएको छ। आँधिले बिजुली आपूर्ती बन्द हुनुका साथै यातायात सेवा समेत प्रभावित भएको छ ।
Post Views: 40