जनकपुरधाम । धनुषाको जनकपुरधामबाट अटोमेटिक पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
महोत्तरीको जलेश्वर नगरपालिका वडानम्बर–९ घर भई जनकपुरधाम–४ बस्ने ३० वर्षीय इन्द्रेशकुमार सिंह र महोत्तरी मनरासिस्वा नगरपालिका–१ घर भई जनकपुरधाम ८ बस्ने १९ वर्षीय लोटस भनिने अभिषेककुमार सिंहलाई पेस्तोलसहित पक्राउ गरिएको जनाएको छ ।
उनीहरु ज. ७ प. ७९३२ नम्बरको मोटरसाइकलमा सबार थिए। दुवैलाई नियन्त्रणमा लिई थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
Post Views: 33