आर्थिक वर्ष भित्रि १२ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिए

साउन १० काठमाडौं ।

आर्थिक वर्ष भित्र १२ लाख बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

आर्थिक वर्ष २०८२, ८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ विदेशी पर्यटक भित्रिएका हुन् ।

नेपाल भ्रमणमा आउने पर्यटकमा सबै भन्दा धेरै ३ लाख ११ हजार ५३१ पर्यटक भारत बाट, संयुक्त राज्य अमेरिका बाट १ लाख ११ हजार ३२५ र चीनबाट १ लाख ९ हजार ८९२ पर्यटक नेपाल आएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्यांक अनुसार भारत नेपालको सबै भन्दा ठूलो स्रोत बजार बनेको जनाएको छ ।

नेपाल भ्रमणमा कुल आगमन मध्ये भारतको हिस्सा करिब २५.७६ प्रतिशत र भारत पछि अमेरिका (१११,३२५) दोस्रो तथा चीन (१०९,८९२) तेस्रो प्रमुख स्रोत बजारका रूपमा रहेको छ ।

बंगलादेश बाट ५८ हजार १६३, बेलायत बाट ५६ हजार ६४९, अष्ट्रेलिया बाट ५३ हजार १९५, श्रीलंका बाट ४३ हजार २११, भुटान बाट ३६ हजार २८९ र म्यानमार बाट ३० हजार ७३७ रहेका छन् ।

जर्मनी बाट २९ हजार २९६, थाइल्यान्ड बाट २७ हजार २०१, जापान बाट २५ हजार ७६२ तथा मलेसिया बाट २५ हजार ६४० पर्यटक नेपाल आएका छन् ।

नेपाल पर्यटन बोर्डले सबै भन्दा नजिकका स्रोत बजार भारत र चीनमा प्रवद्र्धनात्मक कार्यक्रमहरुलाई तीव्रता दिइएको बताइएको छ ।

आर्थिक वर्ष २०८२, ८३ मा भारतका पुणे, हैदरावाद, चेन्नई, मुम्बई, नयाँ दिल्ली लगायतका विभिन्न सहरहरुमा १२ वटा भन्दा बढी प्रबद्र्धनात्मक कार्यक्रम गरिएको थियो ।

त्यसै गरी समग्रमा अन्तर्राष्ट्रिय बजारमा ४० भन्दा बढी नेपालको पर्यटन प्रबद्र्धनात्मक कार्यक्रम गरिएको थियो ।

त्यसैगरी आर्थिक वर्ष २०८२÷८३ को अन्तिम तीन महिनामा भारतसँग सीमा जोडिएको नेपालको तराई क्षेत्रमा भएको पर्यटन पूर्वाधारको लगानीलाई सुरक्षित गर्न पूर्वको झापा देखि पश्चिम कञ्चनपुरसम्म विभिन्न क्रस–बोर्डर तथा पर्यटन मार्ट र मेला गरिएको थियो ।

जसको प्रभावका कारण सीमा क्षेत्र हुँदै नेपाल भित्रिने पर्यटकहरुको संख्यामा उल्लेख्य वृद्धि भएको नेपाल बोर्डले विश्लेषण गरेको छ ।

नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले अन्तर्राष्ट्रिय बजारमा गरिएको प्रवद्र्धन, हवाई पहुँचको विस्तार तथा निजी क्षेत्रसँगको सहकार्यका कारण नेपालको पर्यटनमा सकारात्मक वृद्धि भएको बताएका छन् ।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *