असार ३२ काठमाडौं ।
परराष्ट्रमन्त्री शिशिर खनाल र जापानी राजदूत माएडा तोरु बिच भेट भएको छ ।
परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि जापानका राजदूत माएडा तोरु बिच शिष्टाचार भेटवार्ता गरेका हुन् ।
भेटमा नेपाल–जापान बीचको आपसी हित तथा द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा विस्तृत छलफल भएको जनाएको छ ।
भेटमा नेपाल र जापान बीचको द्विपक्षीय सम्बन्ध सुदृढ बनाउने, जाइका अध्यक्षको नेपाल भ्रमणको तयारी र शिक्षा, ऊर्जा तथा जलविद्युत क्षेत्रमा जापानको सहयोगबारे छलफल भएको स्रोतले जनाएको छ ।
परराष्ट्र मन्त्रालयका अनुसार भेटका क्रममा दुई देशबीचको कूटनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा कुराकानी हुनुका साथै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्षको आगामी नेपाल भ्रमणको तयारी बारे पनि छलफल भएको जनाएको छ ।
भेटका क्रममा नेपालको शिक्षा, ऊर्जा र जलविद्युत जस्ता महत्त्वपूर्ण क्षेत्रमा जापान सरकारले गर्दै आएको विकास सहयोगलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विषयमा दुवै पक्षबीच सकारात्मक छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ ।
परराष्ट्रमन्त्री खनालले नेपालको सामाजिक–आर्थिक विकासमा जापानले पु¥याउँदै आएको निरन्तर सहयोगका लागि समेत धन्यवाद ज्ञापन गरेका छन् ।
