वैशाख ६ काठमाडौं।
स्ट्रेट अफ हर्मुज पार गरिरहेका भारतीय पानीजहाजमा गोलाबारी भएको छ।
हर्मुज पार गरेका दुइटा भारतीय झन्डाबाहक पानीजहाजमा गोलाबारी भएको भारतीय हखबार द हिन्दुस्तान टाइम्सले जनाएको छ।
इराक बाट कच्चा तेल बोकेर भारततर्फ आउँदै गरेको सनमार हेराल्ड नामको पानीजहाज र साउदी अरबको अल जुबैल बन्दरगाहबाट आउँदै गरेको जग अर्नब नाम गरिएको समुद्री जहाजमा गोलाबारी भएको उल्लेख गरेको छ।
टाइम्सको अनुसार दुई समुद्री जहाजमा इरानी सुरक्षा बल इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी) गनबोट बाट गोलाबारी भएको जनाएको छ।
गोलाबारी पछि दुवै पानीजहाजले लारक टापु पार गरेपछि ढिलो गतिमा गई यू–टर्न लिएर मार्ग परिवर्तन गरेको थियो। यद्यपि घटनामा कुनै पनि मानवीय क्षति नभएको जनाएको छ।
आफ्ना दुई व्यापारिक जहाज माथि गोलाबारी भए पछि भारतले गम्भीर चिन्ता व्यक्त गर्दै इरानी राजदूतलाई घटनाको जानकारी दिन बोलाएको बिबिसी हिन्दीले जनाएको छ।
समुद्री निगरानी निकायका अनुसार एउटा तेल ट्यांकर नजिक दुईवटा आईआरजिसी गनबोट बिना पूर्व सूचना पुगेका थिए र त्यसपछि गोली प्रहार गरिएको जनाएको छ।
अर्को जहाजमा एउटा ’अज्ञात प्रोजेक्टाइल’ लागेर क्षतिग्रस्त भएको जनाइएको छ। तर आगलागी वा वातावरणीय क्षति भने नभएको जनाएको छ।
पछिल्लो दिनमा केही भारतीय जहाजहरूले सुरक्षित रूपमा यही मार्ग भएर आवतजावत गरिरहेका थिए। घटनापछि भारतले कूटनीतिक पहल तीव्र सञ्चारमाध्ययमहरुमा उल्लेख गरेको छ।
बिबिसीका अनुसार घटनाका क्रममा आईआरजिसी नौसेनाले रेडियो सन्देश मार्फत भारतीय जहाजहरूलाई मार्ग परिवर्तन गर्न निर्देशन दिएको थियो।
च्यानल १६ को अडिओ रेकर्डिङका आधारमा आईआरजिसीले दुई भारतीय जहाजलाई स्ट्रेट बाट पछि हट्न बाध्य बनायो,’ ट्यांकर ट्र्याकिङ समूहले जनाएको छ।
भारतीय पानीजहाजमा गोलाबारी घटना अमेरिका–इरानबीच जारी तनाव र सम्भावित युद्धविराम सम्झौताको प्रयास बीच भएको हो।
