फागुन २६ काठमाडौं ।
आज सेयर बजार नेप्से परिसूचक २८४३ अंक कायम भएको छ।
आज सेयर बजारमा साढे ७ महिनायताकै अधिक२१ अर्ब ५० करोड रुपैयाँ कारोबार भएको छ।
चुनाव पछि खुलेको सेयर बजार अघिल्लो दिन तीन पटक सकारात्मक सर्किट ब्रेक लागेसँगै कारोबार स्थगित भएको थियो।
कारोबार रकममा उच्च वृद्धि देखिए पनि बजारको परिसूचक नेप्से ३२.०८ अंक (१.११ प्रतिशत) घटेको छ।
निर्जीवन बीमा ०.४७ प्रतिशत, जीवन बीमा ०.५१ प्रतिशत, रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक कम्पनी १० प्रतिशत, थ्रीस्टार हाइड्रोपावरको ९.०८, कालिका पावरको ८.८७ तथा लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५.४२ प्रतिशत मूल्य बढ्यो।
बैंकिङ १.२७ प्रतिशत, विकास बैंक १.१६ प्रतिशत, फाइनान्स २.०६ प्रतिशत, होटल तथा पर्यटन १.८५ प्रतिशत, जलविद्युत् १.४५ प्रतिशत, लगानी १.४८ प्रतिशत, उत्पादन तथा प्रशोधन १.८२, माइक्रोफाइनान्स ०.१७ प्रतिशत, अन्य १.४० र व्यापार २.१२ प्रतिशत घट्यो।
दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो। भने हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा धेरै ६.३६ प्रतिशत घट्यो।
