समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड बढी मतगणना

फागुन २६ काठमाडौं ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल एक करोड बढी मतगणना भएको छ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ हालसम्म कुल १ करोड २ लाख ५ हजार ६२५ मतगणना भएको छ।

निर्वाचन आयोगले उपलब्ध गराएको बिहान ५ः३० बजेसम्मको विवरणअनुसार, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबैभन्दा बढी ४९ लाख २४ हजार ७४३ मत प्राप्त गरेको छ।

नेपाली कांग्रेसले १६ लाख ६६ हजार ७९६, नेकपा (एमाले)ले १३ लाख ८५ हजार १४९, नेपाली कम्युनिस्ट पार्टीले ७ लाख ४८ हजार २५९, श्रम संस्कृति पार्टीले ३ लाख ४६ हजार ७७६, राष्ट्रिय प्रजातन्त्र पार्टीले ३ लाख २१ हजार ९७६ मत प्राप्त गरेको छ।

त्यस्तै, जनता समाजवादी पार्टी नेपालले एक लाख ६८ हजार २६६, राष्ट्रिय परिवर्तन पार्टीले १ लाख ६३ हजार ३९३ र जनमत पार्टीले ७५ हजार ९८ मत प्राप्त गरेको छ।

समानुपातिक तर्फको मतगणना जारी रहेको र हालसम्म रास्वपा, कांग्रेस, एमाले, नेकपा, श्रम संस्कृति, राप्रपाले थ्रेसहोल्ड कटाईसकेको उल्लेख गरिएको छ।

प्रत्यक्ष तर्फका १६५ वटै क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ। प्रत्यक्षतर्फ रास्वपाले १२५, नेपाली कांग्रेसले १८, एमालेले ९, नेकपाले ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जितेको छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *