आज राष्ट्रिय सभा सदस्यहरूको शपथ हुँदै

फागुन २५ काठमाडौं ।
आज नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूको शपथ हुँदैछ।

आज दिउँसो २ बजे राष्ट्रिय सभा सदस्यहरुको शपथ ग्रहण हुने संसद् सचिवालयले जनाएको छ।

शपथ ग्रहण सिंहदरबार स्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचित सदस्यलाई शपथ गराउने जनाएको छ।

राष्ट्रिय सभाको निर्वाचन गत ११ माघमा भएको थियो। उक्त निर्वाचन बाट १८ जना सदस्य निर्वाचित भएका थिए।

संसद् सचिवालयले शपथमा आउँदा औपचारिक वा आफ्नो पहिचान झल्कने पोशाकमा आउन नवनिर्वाचित राष्ट्रिय सभा सदस्यहरूलाई जनाएको छ।

उनीहरूले निर्वाचन आयोगबाट प्राप्त राष्ट्रिय सभा सदस्य पदको प्रमाणपत्र र नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एक,एक प्रति लिएर जानु उल्लेख गरेको छ।

राष्ट्रिय सभा सदस्यमा निर्वाचित महन्थ ठाकुर, रामकुमारी झाँक्री, सुनिलबहादुर थापा र ललितजंग शाहीले यस अघि प्रतिनिधिसभा सदस्य भएर काम गरिसकेका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *