कुन पार्टीले प्राप्त गरे समानुपातिकमा ७५ प्रतिशत मत

फागुन २५ काठमाडौं।

निर्वाचन आयोगले समानुपातिकमा ७५ प्रतिशत मत प्राप्त गर्ने पार्टी उल्लेख गरेको छ।

निर्वाचन आयोगले सोमबार बिहानसम्म समानुपातिक प्रणालीमध्ये कुल खसेको मतमध्ये झण्डै तीन चौथाइ मतको गणना सम्पन्न गरेको छ।

करिब ७५ लाख ४० हजार मतगणना सम्पन्न भएकोमा रास्वपाले ३५ लाख ५७ हजार मत पाएको छ। जुन करिव साढे ४८ प्रतिशत हो। भने शुरुको भन्दा मत अनुपात केही घटेकाले उसले ५८ सिट पाउने देखिन्छ।

कांग्रेसले १२ लाख ३३ हजार मत पाएको छ। २० सिट पाउने कांग्रेसको मत साढे १६ प्रतिशत रहेको छ।

एमालेले १० लाख ४३ हजार मत पाएको छ। करिव १४ प्रतिशत मत पाएको एमालेले १६ सिट पाउने देखिन्छ।

नेपाली कम्युनिष्ट पार्टीको ५ लाख ३५ हजार मत रहेको छ। करिव सात प्रतिशत मत पाएको नेकपाले ८ सिट पाउने देखिन्छ।

राप्रपाले २ लाख ५७ हजार मत पाएको छ। साढे ३ प्रतिशत भन्दा केही कम मत पाएको राप्रपाले ४ सिट पाउने देखिन्छ।

श्रम संस्कृति पार्टीको २ लाख ३९ हजार मत रहेको छ। तीन प्रतिशतभन्दा बढी मत पाएको पार्टीले ४ सिट पाउने देखिन्छ।

कुल खसेको र सदर मतको अनुपात हेर्दा अन्तिम मतगणना हुँदासम्म ३ लाख १६ हजार जति मत पाउने दल समानुपातिक सूचीका लागि योग्य हुने निर्वाचन आयोगले जनाएको छ।

राप्रपा र श्रम संस्कृति पार्टीको थ्रेसहोल्ड भने जोखिममै रहेको जनाएको छ। मत गणना गर्न बाँकी २५ लाख भन्दा बढी मतमा उनीहरुको अनुपात त्यही कायम हुने कि घट्ने भन्ने टुंगो छैन।

गन्न बाँकी मतमा उनीहरुको अनुपात घटेर तीन प्रतिशत भन्दा कम भएर थ्रेसहोल्डको सीमा नकटाए उनीहरुले समानुपातिक सीट दाबी गर्न पाउने अवस्था छैन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *