डिभिजन वन कार्यालय भोजपुरले गर्यो खयरको काठ बरामद

माघ ११ काठमाडौं।
डिभिजन वन कार्यालय भोजपुरले खयरको काठ बरामद गरेको छ।

गोप्य सूचनाको आधारमा डिभिजन वन कार्यालय भोजपुरले अवैध रूपमा काटिएका खयरको काठ बरामद गरेको हो।

रामप्रसादराई गाउँपालिका–४ स्थित सहेँलेफेदी क्षेत्र बाट अवैध रुपमा काटिएको काठ कार्यालयको टोलीले बरामद गरेको जनाएको छ।

वन कार्यालयका अनुसार खयरको काठ काटी बाहिर निकासी गर्ने तयारी भइरहेको सूचना पछि कर्मचारी सहितको टोली त्यस क्षेत्रमा पुगी अनुगमन गर्दा कुनै पनि कानुनी प्रक्रिया पूरा नगरी, अनुमतिबिना खयरको काठ सङ्कलन गरिएको अवस्थामा फेला परेकाले काठ बरामद गरिएको जनाएको छ।

डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाँको अनुसार बरामद गरिएको काठ करिब ५०० क्युफिट रहेको र अनुमानित मूल्य करिब रु. ५ लाख बराबर रहेको बताएका छन्।

मियाँको अनुसार दुर्गम तथा भौगोलिक रूपमा अप्ठ्यारो स्थान बाट काठ फेला परेकाले घटनास्थलमा प्रारम्भिक मुचुल्का तयार गरी काठ सुरक्षित तरिकाले वन कार्यालय ल्याउने काम भइरहेको बताएका छन्।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *