माघ ९ काठमाडौं ।
गोरखा २ बाट डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका छन्।
प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बाट उम्मेदवारी बनेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले उम्मेदवारी फिर्ता लिएका हुन्।
गोरखा २ बाट उम्मेदवार भएका उनले आज आफूनिकटका केही नेताहरूसँग छलफल गरेर उम्मेदवारी फिर्ता लिने निर्णय गरेको जनाएका छन्।
भट्टराईको सचिवालय स्रोतका अनुसार नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका उम्मेदवार प्रकाशचन्द्र दवाडी, रास्वपाका उपसभापति स्वर्णिम वाग्ले सहितले अभिभावक बनेर सहजीकरण गरिदिन आग्रह गरेपछि फिर्ता लिएको जनाएको छ।
यस अघि गोरखा २ बाट निर्वाचित भइसकेका भट्टराईले ०७९ निर्वाचनमा भने प्रचण्डलाई सहयोग गरेर आफू अब उम्मेदवारी नदिने बताएका थिए।
भट्टराईले आफूले उम्मेदवारी फिर्ता लिएर कसलाई समर्थन गर्ने भन्नेबारे खुलाएका छैनन्।