उपराष्ट्रपति यादव र निमित्त भारतीय राजदूत पाण्डे बीच भेट

माघ ८ काठमाडौं।
उपराष्ट्रपति रामसहाय प्रसाद यादव र भारतीय राजदूत डा. राकेश पाण्डे बीच भेटवार्ता भएको छ।

उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि भारतीय दूतावासका निमित्त राजदूत डा.राकेश पाण्डेले भेटवार्ता गरेका हुन्।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा द्विपक्षीय सम्बन्ध, सहयोग, सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक क्षेत्र तथा विविध आयामका विषयमा छलफल भएको उपराष्ट्रपति कार्यालयले जनाएको छ।

नेपालले भारतसँगको सम्बन्धलाई उच्च महत्त्व दिँदै आएको बताउँदै पाण्डेले भारत सरकारले ‘नेबरहुड फस्र्ट’ नीति अन्तर्गत छिमेकीहरू सँगको सम्बन्धलाई विशेष प्राथमिकता दिने नीति अवलम्बन गरेको बताएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *