आईसीसी महिला टी–२० विश्वकप ग्लोबलको दोस्रो खेल नेपालले नेदरल्यान्ड्ससँग खेल्दै

माघ ८ काठमाडौं ।
आईसीसी महिला टी–२० विश्वकप ग्लोबलको दोस्रो खेल नेपालले नेदरल्यान्ड्स सँग खेल्दै छ।

काठमाडौंमा भइरहेको आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटको समूह ’बी’ अन्तर्गत नेपालले नेदरल्यान्ड्ससँग दोस्रो खेल खेल्ने भएको छ।

नेपालले आफ्नो पहिलो खेल थाइल्यान्डसँग हारेको छ भने नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई हराइसकेको छ। भने समूह ‘बी’ अन्तर्गतको उक्त खेल विहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा सुरु हुने भएको छ।

महिला टी–२० आई वरियतामा नेदरल्यान्ड्स १४औं स्थानमा छ। भने नेपाली टोली २१औं स्थानमा रहेकाे  छ।

समूह चरण बाट अगाडि बढ्न नेपालले बाँकी ३ वटा खेलमध्ये कम्तीमा २ वटा खेल जित्नुपर्ने अवस्था रहेको छ।

नेपालको टोली ः इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, रचना चौधरी, राजमती ऐरी रहेका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *