रवि लामिछानेलाई माग्यो पर्सा जिल्ला अदालतले एक करोड धरौटी

माघ ६ काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पर्सा जिल्ला अदालतले एक करोड धरौटी मागेको छ।

सहकारीको बचत अपचलन मुद्दामा जिल्ला अदालत पर्साले रवि सँग एक करोड रूपैयाँ धरौैटी माग गरेको हो।

आज जिल्ला अदालत पर्साले वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारीको रकम अपचलन प्रकरणमा रवि सँग एक करोड रुपैयाँ धरौटी माग गरेको जनाएको छ।

आज जिल्ला न्यायाधीश रूद्रप्रसाद सुवेदीको इजलासले रवि सँग एक करोड रूपैयाँ धरौटी माग गरेको हो।

श्रेस्तेदार प्रभाकरकुमार मल्लिकको अनुसार रवि लामिछाने उक्त धरौटी बुझाउने प्रक्रियामा रहेको जानकारी दिएका छन्।

आजै लामछिानेले चितवन क्षेत्र नम्बर २ मा वारीस मार्फत उम्मेदवारी दिनएका छन्।

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *