प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता

माघ ६ काठमाडौं।
प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभर उम्मेदवारी दर्ता गराएका छन्।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ आज देशभर उम्मेदवारी दर्ता गरेका छन्।

देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालयमा आज बिहान् १० बजे देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता हुने निर्वाचन आयोेगले जनाएको छ।

आयोगले उम्मेदवारी दर्ता गर्न जाँदा कुनै पनि तडकभडक नगर्न, शान्तपूर्वक र मर्यादित भएर निर्वाचन कार्यालय पुग्न सबै राजनीतिक दल तथा सम्बद्ध उम्मेदवारहरूलाई आग्रह गरेको छ।

भीडभाड कम गराउने र उम्मेदवारी दर्ता सहज बनाउने उद्देश्यले सबै राजनीतिक दलहरुलाई उम्मेदवारी दर्ताको समय समेत निर्धारण गरिएको आयोगले जनाएको छ।

आयोगले यस अघि समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरिसकेको छ।

कूल २७५ सदस्यीय प्रतिनिधिसभामा समानुपातिक निर्वाचन प्रणाली मार्फत ११० जना चयन हुनेछन् भने प्रत्यक्ष प्रणालीमार्फत १६५ निर्वाचित हुने व्यवस्था छ।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *