माघ २ काठमाडौं।
भेनेजुएलाकी नेतृ मारिना मचादोले ह्वाइट हाउसमा अमेरिकाको राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कार प्रदान गरेकी छन्।
बिहिबार भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचादोले ह्वाइट हाउसमा ट्रम्पलाई नोबेल पदक प्रदान गरेकी हुन्।
ह्वाइट हाउसमा भएको एक निजी भेटवार्ताका क्रममा भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचादोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो नोबेल शान्ति पुरस्कारको पदक प्रदान गरेको जनाएको छ।
सञ्चार माध्ययमहरुको अनुसार अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई काराकास बाट नियन्त्रणमा लिई लागु औषध ओसारपसारको मुद्दा चलाएको केही हप्तापछि यो भेट भएको जनाएको छ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जाल मार्फत मचादोको यस कदमलाई आपसी सम्मानको एक अद्भुत भाव भन्दै कृतज्ञता व्यक्त गरेका छन्।
सन् २०२४ को विवादित निर्वाचनमा जीतको दाबी गरेकी मचादोको साटो ट्रम्पले मादुरो सरकारकी पूर्व उपराष्ट्रपति तथा हालकी कार्यवाहक राष्ट्रप्रमुख डेल्सी रोड्रिगेज सँग सम्बन्ध विस्तार गरिरहेका छन्।
मचादोले ट्रम्पलाई पदक हस्तान्तरण गर्नुको औचित्य पुष्टि गर्दै यसलाई ऐतिहासिक सन्दर्भसँग जोडेकी छन्।
यद्यपि नोबेल कमिटीले भने मचादोको यस कदमप्रति असन्तुष्टि जनाएको छ। कमिटीले नोबेल पुरस्कार एक पटक घोषणा भइसके पछि त्यो कसैलाई हस्तान्तरण गर्न वा बाँड्न नमिल्ने र यो निर्णय अन्तिम हुने स्पष्ट पारेको छ।
मचादोले ट्रम्पलाई रोड्रिगेजको अन्तरिम सरकारलाई समर्थन गर्नु गल्ती हुने र आफ्नो विपक्षी गठबन्धनले नै सङ्क्रमणकालको नेतृत्व गर्नुपर्ने कुरामा विश्वस्त पार्ने प्रयास गरेकी छन्।