आज काठमाडौंमा २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै

माघ २ काठमाडौं।
आज काठमाडौंमा २८ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै छ।

गोरखाको बारपाकमा निर्मित भूकम्प स्मृति पार्कस्थल। २०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पको केन्द्रविन्दु बारपाक थियो।

आज २८ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भूकम्पसम्बन्धी विविध सचेतनामूलक कार्यक्रम गरेर काठमाडौंको खुलामञ्चमा यो दिवस मनाइँदै छ।

आज दिउँसो २ः२४ मिनेटमा सञ्चार माध्यममा एकसाथ बज्ने धुनसँगै एक मिनेट भूकम्पीय सुरक्षाका लागि राष्ट्रिय अभ्यासमा सहभागी भएर पनि दिवस मनाइँदै छ।

विसं १९९० माघ २ गते गएको विनाशकारी भूकम्पको संझनामा २०५५ सालदेखि हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ।

उक्त दिन दिउँसो २ बजेर २४ मिनेटमा गएको ८.४ म्याग्निच्युडको भूकम्पले जनधनको ठूलो क्षति पु¥याएको सम्झनामा यो दिवस मनाईदै आएको छ।

विस १९९० को भूकम्पमा ८० हजार घर ध्वस्त भएको थियो। भने भूकम्पमा परी ८ हजार ८१९ जनाको मृत्यु भएको थियो।

ध्वस्त घरसहित घर, विद्यालय, देवालय र पार्टीपौवा तथा सार्वजनिक भवनसमेत गरी २ लाख ७ हजार दुई सय ४८ संरचना भत्किएको अनुमान गरिएको थियो।

 

यो समाचार पढेर तपाइले कस्तो महसुस गर्नुभयो ?

सम्बन्धित खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *